ट्रेण्डिङ

होमपेज / समाज

आज दिउसाे पाँचवटै प्रदेशमा भारी वर्षाको सम्भावना

नेपालगाथा २०८१ श्रावण १० गते बिहीबार १३:४१:१७ मा प्रकाशित

काठमाडाैं | बिहीबार दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज राति कोशी, बागमती,गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती र  सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top