ट्रेण्डिङ

होमपेज / समाज

बागमतीको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त

नेपालगाथा २०८१ श्रावण ८ गते मंगलबार २०:४२:२९ मा प्रकाशित

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त भएका छन् ।  प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

नेपाली कांग्रेस र नेकपा(एमाले) का ६४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित लामाले आजै प्रदेश प्रमुख शर्मासमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । 

नवनियुक्त मुख्यमन्त्री लामाको शपथ ग्रहण कार्यक्रम भोलि बिहान ११ बजे हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । भोलि नै मुख्यमन्त्री लामाले कांग्रेसबाट सात र एमालेका छ गरी १३ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको कांग्रेस संसदीय दलका सचेतक गोविन्दप्रसाद लम्सालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top