ट्रेण्डिङ

होमपेज / समाज

लुम्बिनी प्रदेशको मुख्यमन्त्री आचार्य नियुक्त

नेपालगाथा २०८१ श्रावण ७ गते सोमबार १९:१४:०४ मा प्रकाशित

 दाङ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा (२) अनुसार आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुख कार्यालय बुटवलका प्रवक्ता धर्मा अर्याल बेल्बासेले जनाएका छन् । 

आचार्य ले एमालेका २९ तथा कांग्रेसका २७ गरी ५६ सांसदहरूको हस्ताक्षरसहित  मुख्यमन्त्रीमा दावी पेश गरेका थिए । 

एमाले संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्री बन्ने तयारी गरेको भए पनि अन्तिममा पार्टीको केन्द्रीय निर्देशनअनुसार आचार्य मुख्यमन्त्री बनेका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top