ट्रेण्डिङ

होमपेज / समाज

प्रधानमन्त्री ओलीले आज संसदमा सांसदको प्रश्नको जवाफ दिने

नेपालगाथा २०८१ श्रावण ७ गते सोमबार ११:००:५९ मा प्रकाशित

काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सांसदबीच प्रश्नोत्तर हुने भएकाे छ । साेमबार दिउँसो १ बजे शुरु बस्ने प्रतिनिधिसभा बैठकमा ओलीले सांसदले उठाएका प्रश्नको जवाफ दिनेछन् ।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तर व्यवस्था छ। नियमावलीमा प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको एक घण्टा प्रश्नोत्तर हुने व्यवस्था रहेकाे छ । प्र

यस्तै आजकाे प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले राष्ट्रिय सभामा उत्पति भएको विधायनसम्बन्धी विधेयक २०८० माथि विचार गरियोस् भनी प्रस्ताव पेश गर्ने कार्यसूची पनि छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top