होमपेज / समाज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गरेका छन् । आइतबार बसेको संघीय संसद् अन्तरगत प्रतिनिधि सभाको बैठकमा गरिएको मत विभाजनमा ओलीले विश्वासको मत प्राप्त गरेका हुन् ।
प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आइतबार ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मतदान गरे । विपक्षमा ७४ मत पर्यो भने १ मत तटस्थ रह्यो । यो वर्तमान संसद्को दुई तिहाइ मत हो ।
प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले मत दिएका छन् ।
नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीले भने विपक्षमा मत दिएका छन् । नेपाल मजदुर किसान पार्टीका १ सांसद प्रेम सुवाल तटस्थ रहे ।