ट्रेण्डिङ

होमपेज / समाज

बागमती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

नेपालगाथा २०८१ श्रावण ६ गते आइतबार १२:१५:५२ मा प्रकाशित

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् ।

दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकबाट मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिन लागेका हुन् ।

असार २४ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जमकट्टेलले विश्वासको मत लिनुपर्ने भएको हो । 

११० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा एमालेको  ६४ मत रहेको छ । मुख्यमन्त्रीलाई विश्वासको मतका लागि ५६ मत आवश्यक पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top