ट्रेण्डिङ

होमपेज / समाज

आज प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै

नेपालगाथा २०८१ श्रावण ६ गते आइतबार १०:४०:०२ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदै छन् । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् ।

एमाले अध्यक्ष ओली असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनलाई नेकपा एमाले, नेपाली कांग्रेस, जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने भएका छन् । 

प्रतिपक्षमा रहेको माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), राप्रपा लगायतका दलले भने उनलाई विश्वासको मत नदिने भएका छन् ।

यस्तै एमालेले आज बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूमा ह्विप जारी गरेको छ ।  प्रधानमन्त्रीले विश्वासको मत लिने भएकोले सांसदहरूलाई ह्विप जारी गरिएको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top