ट्रेण्डिङ

होमपेज / समाज

प्रधानमन्त्री ओलीलाई राप्रपाले विश्वासको मत नदिने

नेपालगाथा २०८१ श्रावण ५ गते शनिबार १७:४२:४४ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विश्वासको मत नदिने भएको छ । शनिबार बसेको राप्रपा निर्देशक समितिको बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो ।

आफूहरुले अघि सारेको संविधान संशोधनको मुद्दामा सघाउन तयार रहेको बताउँदै अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले विश्वासको मत दिने आधार तयार नभएको बताए ।

अहिले सत्ता टिकाउनको लागि आफूहरुको मत आवश्यक पनि नभएको उनको र संविधान संशोधनका लागि नयाँ सरकार बनेको भनिए पनि पछिल्ला गतिविधिहरूले आशंका गर्ने धेरै ठाउँ देखाएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top