ट्रेण्डिङ

होमपेज / समाज

उपाध्यक्ष घिमिरे चीन प्रस्थान

नेपालगाथा २०८१ श्रावण ५ गते शनिबार १७:०२:३३ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरे औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेकी छन् । चीनमा हुन लागेको ८ औँ चीन दक्षिण एसिया प्रदर्शनीमा सहभागी हुन ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै घिमिरे चीन प्रस्थान गरेकी हुन् । 

प्रतिनिधिमण्डलमा उपाध्यक्ष घिमिरे, राष्ट्रिय सभाका सदस्यहरू मायाप्रसाद शर्मा, तुलसाकुमारी दाहाल र दुर्गाकुमारी गुरुङ, संघीय संसद् सचिवालयका उपसचिव विकास बोहरा र उपाध्यक्षका स्वकीय सचिव प्रेमबहादुर सिंह छन् ।

उपाध्यक्ष नेतृत्वको संसदीय प्रतिनिधि मण्डलले जुलाई २३ मा हुने प्रदर्शनीको उद्घाटन समारोहमा भाग लिनेछ । प्रदर्शनीको उद्घाटन कार्यक्रममा  उपाध्यक्ष घिमिरेले सम्बोधन गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा प्रतिनिधिमण्डलले युनान प्रान्तका उच्च अधिकारीहरूसँग भेट गर्नेछ । प्रतिनिधिमण्डल २५ जुलाईमा नेपाल फर्कने तालिका रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top