ट्रेण्डिङ

होमपेज / समाज

पाँचजना एसपीको काज सरुवा

नेपालगाथा २०८१ श्रावण ५ गते शनिबार १०:२५:११ मा प्रकाशित

काठमाडौं ।  प्रहरी प्रधान कार्यालयले पाँचजना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ । उनीहरूलाई आवश्यकता अनुसार काज खटाइएको प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभागले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अपिलराज बोहरा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत, प्रधान कार्यालयको कार्य विभाग सुरक्षा सेवा व्यवस्थापन महाशाखाका वीरेन्द्रबहादुर शाही तनहुँ, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका रामप्रकाश शाह राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबार खटिएका छन् ।

उदयपुरका एसपी अन्वेषण, योजना तथा विकास निर्देशनालय नक्साल र बागमती प्रदेश प्रहरी कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखाका हरिहरनाथ योगीलाई उदयपुर खटाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top