ट्रेण्डिङ

होमपेज / समाज

प्रधानमन्त्री ओलीलाई एमालेले दियो १० बुँदे सुझाव

नेपालगाथा २०८१ श्रावण ४ गते शुक्रबार १५:१६:२५ मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी ३ वर्षभित्र गर्न सकिने ठोस कार्यसम्बन्धी सुझाव दिएको छ ।

आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेर एमाले प्रतिनिधि मण्डलले १० बुँदे सुझाव दिएको हो ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीका २८ वटा विभागका सुझाव समेटेर प्रधानमन्त्रीलाई सुझाव बुझाइएको जानकारी दिएका छन् । असार २१ केन्द्रीय बसेको पार्टी केन्द्रीय विभागहरूको बैठकले दिएको सुझावका आधारमा प्रधानमन्त्रीलाई १० बुँदे सुझाव बुझाइएको ज्ञवालीले बताए ।

उक्त बैठकले सात दिनको समय सीमा तोकेर प्रधानमन्त्रीलाई सुझाव दिन विभागहरूलाई निर्देशन दिएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top