ट्रेण्डिङ

होमपेज / समाज

दुई सातादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

नेपालगाथा २०८१ श्रावण ४ गते शुक्रबार ११:५०:३२ मा प्रकाशित

बागलुङ । गत असार २१ गतेदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ । भारी वर्षाका कारण बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकको केही भाग बगाउँदा सडक अवरुद्ध भएको थियो । 

वर्षा रोकिएपछि करिडोर कार्यालयले भासिएको सडकमा ग्याविनसहितको पर्खाल उठाएर सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

दुई सातादेखि करिडोर अवरुद्ध हुँदा दक्षिण बागलुङसँग बुटवल, भैरहवा र मुक्तिनाथ जाने सवारीसाधन बाटोमै रोकिएका थिए । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top