होमपेज / समाज
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन् ।
आज बसेको मन्त्रिपरिषद बैठकले प्रमुख राजनीतिक सल्लाहकारमा रिमाललाइ नियुक्त गरेको हो । रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार नै थिए ।
यस्तै ओलीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएका छन् । खतिवडा २०७४ सालमा ओली मन्त्रिपरिषदमा अर्थमन्त्री बनेका थिए ।