होमपेज / समाज
काठमाडौं । गैरआवासीय नेपाली संघको टोली र परराष्ट्रमन्त्री आरजु राणाबीच भेटवार्ता भएको छ ।
बिहीबार काठमाडौंमा भएको भेटमा संघका अध्यक्ष डा. बद्री केसीले परराष्ट्रमन्त्री समक्ष एनआरएन अभियानका समसामयीक महत्त्वपूर्ण विषयबारे जानकारी गराएका थिए ।
मन्त्री राणाले एनआरएन अभियानसँग जोडिएर मुलुकको समृद्धिका लागि रचनात्मक सहकार्य गर्ने वचनवद्धता व्यक्त गरेकी थिइन्।
एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको नेतृत्वमा भएको टोलीले मन्त्री राणाको सफल कार्यकालको लागि बधाई तथा शुभकामना दिएको थियो ।