होमपेज / समाज
सुर्खेत । गणित शिक्षा परिषद्ले SEE ग्रेडबृद्धिका लागि निःशुल्क तयारी कक्षाहरु शुरु गरेकाे छ । लामो समयदेखि विद्यालय तह र उच्च तहका गणित विषयसंग सम्बन्धित बिभिन्न विधामा सक्रिय रुपमा कार्य गर्दे आईरहेको विद्यालय र विश्वविद्यालयमा अध्यापनरत शिक्षकहरुको साझा संस्था गणित शिक्षा परिषद्को सुर्खेत जिल्ला समिति र कर्णाली प्रदेश समितिको सहकार्यमा एसइइ (SEE) २०८० को गणित विषयमा ग्रेडबृद्धि गर्ने विद्यार्थीहरुका लागि निःशुल्क विशेष तयारी कक्षाहरु आजदेखि शुरु गरिएको छ ।
मध्यपश्चिम विश्वविद्यालय ग्य्राजुएट स्कुल अफ एजुकेशन केन्द्रीय विभागको हलमा शुरु भएको विशेष तयारी कक्षा यही श्रावण १८ गतेसम्म दैनिक दुई घण्टा दिउँसो १:०० देखि ३:०० बजेसम्म सञ्चालन हुनेछन । (SEE) को मोडेल अनुसार अनिबार्य गणितका विभिन्न विषयवस्तुबाट जम्मा सोह्रओटा प्रश्नहरु सोधिने भएकाले सोही अनुसार एउटा मोडेलको प्रश्नको लागि एक दिनमा अभ्यास गराईने व्यवस्था गरिएको छ र प्रत्येक मोडेल वा प्रश्नका लागि एकजना अनुभवि गणित शिक्षकको व्यवस्था गरिएको छ ।
.jpg)
त्यस्तै विद्यार्थीहरुले प्रत्येक दिन एउटा प्रश्नको तयारी गर्नेछन जसका लागि प्रत्येक दिन फरक प्रश्नका लागि छुट्टा छुट्टै विज्ञ शिक्षकले सहजिकरण गर्नुहुने छ । आज पहिलो दिन एक नम्बरको प्रश्न (सेटसंग सम्बन्धित) का लागि गणित शिक्षा परिषद् कर्णाली प्रदेश समितिका उपाध्यक्ष तथा अमरज्योति मा.वि. नेवारेका शिक्षक किरण भण्डारीले सहजीकरण गर्नुभएको थियो ।
आज पहिलो दिन कक्षा सञ्चालन हुनुपूर्व गणित शिक्षा परिषद् केन्द्रीय समितिका सदस्य प्रमकुमारी ढकाल, गणित शिक्षा परिषद् कर्णाली प्रदेश समितिका अध्यक्ष रत्नप्रसाद पाण्डेय, उपाध्यक्ष किरण भण्डारी, कोषाध्यक्ष नबिन कुमार कँडेल, गणित शिक्षा परिषद् सुर्खेत जिल्ला समितिका अध्यक्ष भिमबहादुर रोकाया र सचिव महेन्द्र बहादुर शाहीको उपस्थिति थियो ।
गणित शिक्षा परिषद् केन्द्रीय समितिका सदस्य प्रमकुमारी ढकाल, गणित शिक्षा परिषद् कर्णाली प्रदेश समितिका अध्यक्ष रत्नप्रसाद पाण्डेय र गणित शिक्षा परिषद् सुर्खेत जिल्ला समितिका अध्यक्ष भिमबहादुर रोकायाले कार्यक्रमको बारेमा जानकारी दिदै विद्यार्थीहरुलाई नियमित आएर छोटो समयमा अधिकतम लाभ लिन सुभझाव तथा शुभकामना दिनुभएको थियो ।
.jpg)