ट्रेण्डिङ

होमपेज / समाज

आज यी स्थानमा भारी वर्षाको सम्भावना

नेपालगाथा २०८१ श्रावण ३ गते बिहीबार १३:४७:३७ मा प्रकाशित

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

 जसको प्रभावले देशभर साधरणतया बदली रही गण्डकी प्रदेशको केही, कोशी, बागमती र लुम्बिनी  प्रदेशका थोरै तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा हल्का  देखि मध्यम वर्षा भइरहेको छ । 

आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बाग्मती  र सुदूरपश्चिम प्रदेशका एक–दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ।

आज राति कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम  प्रदेशका एक–दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेस, बाग्मती, गण्डकी र सुदूर पश्चिम प्रदेशका १/२ स्थानमा भारी  वर्षाको सम्भावना रहेकोले  ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top