ट्रेण्डिङ

होमपेज / समाज

बंगलादेशमा रहेका विद्यार्थीलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन दूतावासको आग्रह

नेपालगाथा २०८१ श्रावण २ गते बुधबार १३:३५:०३ मा प्रकाशित

काठमाडौं । बंगलादेशको ढाकास्थित नेपाली राजदूतावासले अत्यावश्यक कामबाहेक आफू बसेको स्थान र होस्टेलबाट बाहिर ननिस्कन नेपाली विद्यार्थीहरूलाई अनुरोध गरेको छ ।

राजदूतावासले कारणवश कलेज प्रशासनले होस्टेलबाट सुरक्षित स्थानमा जान वा आफू बसेको स्थान प्रतिकूल भएमा दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

बंगलादेशमा सरकारी जागिरमा रहेको कोटाको विरोध गर्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् । आन्दोलनका कारण ६ जनाको मृत्यु भएको छ । र अर्को सूचना जारी नभएसम्मका लागि बंगलादेशका विद्यालय र विश्वविद्यालय बन्द गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top