होमपेज / समाज
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आज कतार प्रस्थान गरेका छन् ।
प्रवासी नेपाली मञ्च कतारको सातौँ राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्न पोखरेल कतार प्रस्थान गरेका हुन्।
शुक्रबारदेखि हुने अधिवेशनलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको वरिष्ठ उपाध्यक्ष पोखरेलको सचिवालयले जनाएको छ ।
अधिवेशनमा सहभागी हुन एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री उमाशंकर अरगरिया यसअघि नै कतार पुगिसकेका छन् ।
अधिवेशन सम्पन्न गर्न अफसरअलि खानको संयोजकत्वमा अधिवेशन आयोजक समिति गठन गरिएको थियो ।
एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल पाँच दिनपछि स्वदेश फर्किने कार्यक्रम छ ।