ट्रेण्डिङ

होमपेज / समाज

आज संसदीय समितिको तीनवटा बैठक बस्दै

नेपालगाथा २०८१ श्रावण २ गते बुधबार ११:३७:३६ मा प्रकाशित

काठमाडौँ ।  आज तीनवटा संसदीय समितिको बैठक बस्ने भएकाे छ ।  महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे समितिको सभा कक्षमा बस्नेछ ।

महिला समितिमा राज्यको मूल प्रवाहमा मधेसी समुदायको समावेशिताको अवस्था र यस सम्बन्धमा आयोगले खेल्दै आएको भूमिकाका विषयमा छलफल गरिने सम्भावित कार्यसूची छ ।

शिक्षा समितिमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गरिने सम्भावित कार्यसूची छ ।

त्यसैगरी, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ । 

बैठकमा समितिको कार्य प्रभावकारिताको लागि उपसमिति गठनका विषयमा छलफल गरिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top