होमपेज / समाज
काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मा र अस्ट्रेलियाकी महामहिम राजदूत फेलिसिटी भोकबिच भेटवार्ता भएको छ । मंगलबार शर्मा र भोकबिच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको हो ।
प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जानकारी दिएको छ ।
भेटघाटले दुई देश बिच रही आएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।