ट्रेण्डिङ

होमपेज / समाज

ज्येष्ठ नागरिकमन्त्री सुडी गरे पदभार ग्रहण

नेपालगाथा २०८१ श्रावण १ गते मंगलबार १५:४९:५६ मा प्रकाशित

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले आज पदभार सम्हालेका छन् । सोमवार पद तथा गोपनीयताको शपथग्रहण गरेका मन्त्री सुडीले मङ्गलबार सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभार सम्हालेसँगै उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको विकासका लागि पूर्ण निष्ठाका साथ  काम गर्ने प्रतिबद्धता व्यक्त गरे । 

उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गरेर बढीभन्दा बढी परिणाममुखी कार्य गर्न कर्मचारीहरूलाई निर्देशन दिँदै उनले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए । 

उनले भने, “कर्मचारीको साथ र सहयोगबिना मन्त्रीको एक्लो प्रयासबाट लक्ष्य हासिल हुँदैन।”

यसअघि उनी वन तथा वातावरणमन्त्री भएका थिए। विसं २०४७ देखि राजनीतिमा सक्रिय उनी जनता समाजवादी पार्टीमा आबद्ध छन् । 

उनी २०७९ सालमा सप्तरी क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top