होमपेज / समाज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् ।
आज पद तथा गोपनीयताको शपथग्रहण गरिसकेछि सिंहदरबार पुगेर उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पदभार ग्रहण गरेका हुन् ।
त्यसअघि उनले लैनचौरस्थित शहीद स्मारकमा रहेका शहीदहरुको शालिकमा माल्यार्पण गरेका थिए ।
साथै पार्टी केन्द्रीय कार्यालय च्यासलमा पुगेर शीर्ष नेताहरूको तस्विरमा पनि माल्यार्पण गरेका थिए।