ट्रेण्डिङ

होमपेज / समाज

नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ आज

नेपालगाथा २०८१ असार ३१ गते सोमबार १०:४२:०० मा प्रकाशित

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

ओलीलाई बिहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउने कार्यक्रम रहेको शीतलनिवासले जनाएको छ । 

प्रधानमन्त्रीमा दाबी पेश गर्ने समय सकिएपछि आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा विश्वासको मत नपाएपछि ओली मुलुकको ४५ औँ प्रधानमन्त्री नियुक्त भएका हुन् । राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

नेपाली कांग्रेस र एमालेबीच असार १७ गते नयाँ सरकार गठनको सहमति भएको थियो । यही सहमतिअनुसार पहिलो कार्यकालका लागि ओली प्रधानमन्त्री बनेका हुन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top