होमपेज / समाज
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदमा नियुक्त भएका छन् ।
आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।
राष्ट्रपति पौडेलले आइतबार बेलुकी ५ बजेसम्म प्रधानमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।
ओलीले शुक्रवार नै आफ्नो दल नेकपा एमालेसँगै नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।
यसैबीच नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ सोमबार बिहान ११ बजे हुने तय भएको छ ।