होमपेज / समाज
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार प्रधानमन्त्रीकाे शपथ लिने भएका छन । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आज नियुक्त गर्ने भए पनि शपथ ग्रहण सोमबार हुने बताइएको छ ।
नयाँ सरकारको लागि दाबी पेश गर्न गरिएको शीतल निवासको आव्हान आइतबार साँझ ५ बजेसम्मै भएकाले शपथ ग्रहण सोमबार ११ बजेका लागि तय भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न एमाले र कांग्रेसले राष्ट्रपतिलाई सांसदहरूको हस्ताक्षरसहित शुक्रबार बेलुका दाबी बुझाइसकेका छन् ।
ओलीले प्रधानमन्त्रीको शपथ लिएसँगै केही मन्त्रीहरूको पनि शपथग्रहण गर्ने तयारी छ ।