ट्रेण्डिङ

होमपेज / समाज

रास्वपाले कार्यवाहक महामन्त्रीलाई नै निरन्तरता दिने

नेपालगाथा २०८१ असार २५ गते मंगलबार १६:००:१४ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आज महामन्त्री डा. मुकुल ढकाललाई पदबाट बर्खास्त गर्ने निर्णय गरेसँगै तत्कालै नयाँ महामन्त्री चयन नगर्ने कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।

बैठकमा केही केन्द्रीय सदस्यले कारबाहीमा पुनरावेदन गर्न सक्ने म्यादसम्म पर्खिने सुझाव दिएपछि नयाँ महामन्त्री चयन गर्ने तयारी राेकिएकाे हाे । रास्वपाको विधानमा कारबाहीमा पुनरावेदन सम्बन्धी व्यवस्था छ । तर कति दिनसम्म पुनरावेदन गर्न पाउने भन्ने विधानमा व्यवस्था छैन । तर, आजको बैठकले ३५ दिन समय दिने निर्णय लिएको झाले बताए ।

‘उहाँले पुनरावेदन गर्नुभयो र यदि त्यसलाई स्वीकार गरियो भने त फेरि महामन्त्रीमा कमब्याक पनि त गर्न सक्नुहुन्छ, त्यसैले अहिले हतार नगरौँ भन्ने कुरा भयो,’ उनले भने ।

महामन्त्री चयन नगरिएपछि कार्यवाहकलाई नै निरन्तरता दिइएको छ । यसअघिको बैठकले कार्यवाहक महामन्त्रीमा कवीन्द्र बुर्लाकोटी र कार्यवाहक प्रवक्तामा मनिष झालाई तोकेको थियो । अर्को महामन्त्री र प्रवक्ता नबन्दासम्म उनीहरूले नै जिम्मेवारी सम्हाल्ने रास्वपाले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top