होमपेज / समाज
काठमाडौ । राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका युवाले खेल्न सक्ने आवश्यकतालाई औल्याउँदै युवा केन्द्रित तीन दिवसीय सेमिनार हुने भएको छ । विश्व शान्ति तथा एकीकृत परिवार संघको आयोजनामा यहि असार २७ गतेदेखि २९ गतेसम्म सेमिनारको आयोजना हुन लागेको हो ।
राष्ट्र निर्माणमा युवाको भूमिका विषयमा हुन लागेको सेमिनारमा नेतृत्व विकास, चरित्र निर्माण, व्यक्तित्व विकास र स्थायी शान्तिका लागि पहलकदमी, द्वन्द्व व्यवस्थापन तथा आर्थिक विकासका बारेमा छलफल हुनेछ । काठमाडौं महानगरपालिका वडा नं १ को सहकार्यमा हुन लागेको सेमिनारमा राष्ट्रिय विकासका लागि बढ्दो अर्थव्यवस्थामा युवाहरूको सहभागिता आवश्यक विषयमा छलफल हुने कार्यक्रम संयोजक विरेन्द्र श्रेष्ठले जानकारी दिए ।
सेमिनारमा अन्तारष्ट्रिय प्रशिक्षक रिचेल हालिपा, लेखक काशिनाथ खनाल एफएफडब्लु पीयु साउथ एसियाको अध्यक्ष सन्तोष कुमार पौडेल, प्रकाशबाबु थापा लगायतले प्रशिक्षण दिने कार्यक्रम संयोजक वीरेन्द्र श्रेष्ठले जानकारी दिए ।
पीस एम्बीसी भवन नक्सालमा हुने कार्यक्रममा पूर्वमन्त्री एवंम् संघीय सांसद एकनाथ ढकालले प्रशिक्षण दिने कार्यक्रम रहेकाे छ । सेमिनारमा युपिएफ, नेपाल, तङ्गइल मोदो संघ, विश्व शान्ति महिला संघ लगायतका संघ संस्थाले सहयोग गरेका छन् । सेमिनारमा काठमाडौ उत्यकाका १६ देखि ४० वर्षसम्मका युवा युवतीहरुको सहभागिता रहने जनाइएकाे छ ।