ट्रेण्डिङ

होमपेज / समाज

राजको 'चट्ट रुमालमा'मा पुष्प  र शिल्पाको रोमान्स

नेपालगाथा २०८१ असार २३ गते आइतबार १५:४०:४३ मा प्रकाशित

काठमाडौं । नव गायक राज सापकोटा र गायिका समिक्षा अधिकारीको युगल स्वरमा रहेको लोक शैलीको 'चट्ट रुमालमा' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  यादब लम्सालको शब्दमा रहेको यस गीतलाई अर्जुन पोखरेलको संगीत रहेको छ । गीतमा पुरुषोत्तम सुवेदीको संगीत संयोजन रहेको छ ।  



म्युजिक भिडियोमा पुष्प खड्का र शिल्पा पोखरेल बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ । नवराज उप्रेतीले छायाँकन गरेको यस भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका छन् । माइकल चन्दको निर्देशनमा तयार पारिएको भिडियोलाई 'ओएसआर डिजिटल' नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।  

भिडियो लिंक: https://youtu.be/YsL9loPIJVY?si=f8q3MRUC5DwJT53- 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top