ट्रेण्डिङ

होमपेज / समाज

प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने

नेपालगाथा २०८१ असार २१ गते शुक्रबार १६:१०:०९ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले असार २८ गते विश्वासको मत लिने भएका छन् । उनले संघीय संसदका महासचिवलाई पत्र लेखेर २८ गतेको संसद बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गरेका हुन् ।

संसदको दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भइसकेको छ । साेहि सहमतिअनुसार एमालेले बुधबार मन्त्रीहरुलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिएको थियो ।

२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ , जबकी अहिलेसम्म प्रचण्डसँग माओवादी (३२), रास्वपा (२१), एकीकृत समाजवादी (१०) र अशोक राई नेतृत्वको जसपा (७) को गरेर ७९ मत मात्र छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top