होमपेज / समाज
काठमाडौं । नेकपा एकीकृत समाजवादीको १०औं महाधिवेशनबाट ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरिएको छ । शुक्रबार सर्वसम्मत ढंगले नेतृत्व छानिरहेको एकीकृत समाजवादीले अध्यक्ष, सम्मानित नेता र महासचिव सहित ९३ जना केन्द्रीय सदस्य टुंग्याएको हो ।
एकीकृत समाजवादीले बिहीबार अध्यक्ष, सम्मानित नेता र महासचिव सर्वसम्मत चयन गरेको थियो । अध्यक्षमा माधव कुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका थिए ।
एकीकृत समाजवादीले १०औं महाधिवेशनबाट २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको थियो ।
.jpg)
.jpg)
