ट्रेण्डिङ

होमपेज / समाज

यी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

नेपालगाथा २०८१ असार २० गते बिहीबार १३:३२:३८ मा प्रकाशित

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने बताएको छ । 

विभागका अनुसार आज अपरान्ह कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको तथा राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । कोशी र गण्डकी प्रदेशका १/२ स्थानमा भारी वर्षाको सम्भावना छ । 

आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले  ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी पहिरोको जोखिम वा क्षतिबाट बच्न आग्रह गरेको छ ।

राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। देशैभर केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी र गण्डकी प्रदेशका १/२ स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top