ट्रेण्डिङ

होमपेज / समाज

वालिङ नगरपालिकाले एसईईमा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कृत

नेपालगाथा २०८१ असार २० गते बिहीबार १२:०६:१० मा प्रकाशित

स्याङ्जा । जिल्लाको वालिङ नगरपालिकाले २०८० सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको छ । नगरपालिकाले नगरपालिका भित्र सामुदायीक तथा निजी विद्यालयवाट एसईई परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने तिन÷तिन जना विद्याथीलाई वुधवार एक कार्यक्रमकाविच नगरपालिकामा सम्मान गरिएको हो ।

नगरपालिकाले सामुदायीक विद्यालयतर्फ प्रथम हुने पूर्णामृत भवानी माध्यमिक विद्यालयका दिप्सन न्यौपानेले ३.९२ जीपीए ल्याएर सामुदायीक विद्यालयतर्फ प्रथम भएका उनलाई १५ हजार नगद पुरस्कार सहित प्रमाणपत्र, र सोही विद्यालयका दुर्गावहादुर क्षेत्रीले ३.७७ जीपीए ल्याएर दित्तिय भएका थिए उनलाई १० हजार नगद पुरस्कार सहित प्रमाणपत्र र रणविर जनहित माध्यमिक विद्यालयका विटुकुमार यादवले ३.७४ ल्याएर तितृय पुरस्कार नगद ५ हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

नीजि विद्यालयतर्फ नेपाल आदर्श माध्यमिक विद्यालयका दुर्गादेवी रेग्मी र पिस जोन इन्ट्रिग्रेटेड ऐकेडेमीका समिर सिंहले ३.९२ जीपीए ल्याएर दुवैजना प्रथम स्थान हासिल गरेका उनीहरुलाई १५ हजार नगद सहित प्रमाणपत्र, वालविद्याविकाश माध्यमिक विद्यालयका दिविशा खनालले ३.८५ जीपीए ल्याएर दित्तिय भएकी उनलाई १० हजार नगद सहित प्रमाणपत्र र पायोनियर हायर एजुकेशन एकेडेमीका सुजता श्रेष्ठले ३.८४ जीपीए ल्याएर तितृय स्थानहासिल गरेकी उनलाई नगद ५ हजार सहित प्रमाणपत्रद्धारा सम्मानगरिएको थियो ।

नगरपालिकाले गतवर्ष २०७९ मा सामुदायीकतर्फ पूर्णामृत भवानी माध्यमिक विद्यालयका ३.८ जीपीए ल्याएका समिक्षाभुषाल र राजीव पंगेनी र संस्थागत विद्यालयतर्फ पिस जोन इन्ट्रिग्रेटेडका संगिता भुषालले ४ जीपी एल्याएर उत्कृष्ठ नतिजा ल्याउन सफल भएकोमा उनीहरुलाई समेत नगद सहित प्रमाणपत्रद्धारा सम्मानगरिएको नगरपालिका शिक्षाशाखाले जनाएको छ ।

सामुदायिकतथा संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीको क्षमता वृद्धि गर्ने उद्देश्यले विद्यार्थीलाई सम्मानतथा पुरस्कृत गर्ने नीतिलिएको वालिङ नगरपालिका उपप्रमुख कविता तिवारीले जानकारी दिइन् । तिवारीले सम्मान कार्यक्रममा यसवर्ष एसईई परिक्षामा उत्तिर्ण सम्पूर्ण विद्यार्थीलाई वधाई तथ ाशुभकामन ाव्यक्त गरेकी छन् । 

नगरपालिकाको शैक्षिक गुणस्तर खस्कदै गएको प्रतिचिन्ता व्यक्त गर्दै उपप्रमुख तिवारीले सामुदायीक विद्यालयमाकार्यरत शिक्षकहरुले सरकारको लगानीअनुरुप नतिजा सुधार्न आग्रह गरिन् । शिक्षा क्षेत्रमा नगरपालिकाले सिटिईभिटी थुमपोखरामा अध्याय नगर्न चाहने विद्याथीहरु १४ जनालाई नगरपालिकाले निशुल्क छात्रवृत्तिको व्यवस्था गरेको जानकारी दिईन ।

वालिङ नगरपालिकावाट शैक्षिक सत्र २०८० सामुदायीक तथा संस्थागत गरी २६ विद्यालयवाट कुल ८ सय २३ विद्यार्थीले एसईई परीक्षामा सहभागी भएका थिए । जस मध्ये ४ सय १८ जना पास भएका थिए । यि मध्ये भुम्रे माध्यमिक विद्यालयवाट ३४ जनाले परिक्षा दिएकामा ३४ जना अनुत्तिर्ण भएपछि सून्य नतिजा ल्याएको थियो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top