ट्रेण्डिङ

होमपेज / समाज

जसले कागज मिलाएको छ त्यो सरकारको नजिकै रहेको छ - मुख्यमन्त्री कँडेल

नेपालगाथा २०८१ असार १९ गते बुधबार १६:२०:११ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कडेलले जसले कागज मिलाइएको छ त्यो सरकारको नजिकै रहेको बताएका छन् । बुधबार सुर्खेतमा आयोजित उद्यमशीलता प्रेरणा सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री कडेलले जसले सक्कली व्यवसाय गरिरहेको छ त्यो धेरै टाढा र जसले कागज मिलाइएको छ त्यो सरकारको नजिकै रहेको बताए ।

मुख्यमन्त्री कँडेले भने, जसले सक्कली व्यवसायीलाई सरकारको नजिक पुर्‍याउने कुरामा त्यसको नेतृत्व गर्नेहरुले अलि ढंग पुर्‍याउनु पर्छ भन्ने मलाई लागेको छ । यसले सरकारका तर्फबाट सकारात्मक होइन । पहल त्यसको नीति बनाउने कुरामा अगुवाइ गरिनुपर्ने पर्छ ।’ 

उनले भने, संबिधान अनुसार राज्यले कर्णालीलाई सेवा, सुविधा र अन्य कुराहरु सहज रुपमा पाउदैन् । हामीले अधिकार र सेवा प्राप्त गर्नका लागि पनि जनताले रगत बगाउनुपर्छ । परापुर्वकालमा समुद्ध रहेको कर्णाली पछिल्लो समय सेवा सुविधा र विकासका पुर्वाधारका हिसावले निकै पछाडी छ । प्राकृतिक श्रोत साधनहरुको खानी रहेको कर्णाली त्यसको सदुपयोग हुन सकिरहेको छैन् ।

 कर्णाली खाली कागज हो उनले भने, यहाँ प्रकृतिले नै रंगाईदिएको छ । तर हामीले आकर्षक चित्र बनाउन सकिरहेका छैनौँ । कर्णालीका १० वटै जिल्ला उद्योग, व्यपार, कृषि पर्यटन, जलबिद्युत, जडिबुटी लगायतका नविनतम श्रोत र साधानहरुको भण्डार हुन् ।

कर्णालीमा उद्यम गर्ने युवाहरुका लागि सरकारले उचित लगानीको वातावरण बनाउने भन्दै उनले भने, यहाँ कार्यक्रमका लागि बजेट भन्दा पनि बजेटका लागि कार्यक्रम बनाउने प्रचलन बढी छ । त्यसलाई निरुत्साहित गरी कार्यक्रमका लागि बजेटको व्यवस्थापन गर्ने गरी तयारी सरकारले गरिरहेको छ । कर्णालीमा लगानीकर्ताहरुले बिभिन्न आयोजनाहरु होल्ड गर्ने परिपाटी पनि व्यापक छ । तर कागजमा मात्र नभई फिल्डमै काम गर्न आउने लगानी कर्ता र उद्यमीहरुका लागि सरकारले पनि थप सहयोग गर्ने उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top