होमपेज / समाज
काठमाडौँ । उपसभामुख इन्दिरा राना चीन प्रस्थान गरेकी छिन् । राना सातदिने औपचारिक भ्रमणका लागि मंगलबार चीन प्रस्थान गरेकी हुन् ।
उपसभामुख राना चीनको स्वशासित क्षेत्र तिब्बतमा जुलाई २ देखि ५ सम्म आयोजना हुने चौथो चाइना सिज्याङ ट्रान्स–हिमालयन फोरम फर इन्टर नेशनल कर्पोरेसनमा भाग लिन छेन्दुतर्फ प्रस्थान गरेकी हुन् ।
रानाले उक्त फोरममा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भ्रमण दलमा प्रतिनिधिसभाका सदस्य सुहाङ नेम्बाङ र उपसभामुखका स्वकीय सचिव कुमार नेपाली पनि सहभागी छन् ।
उपसभामुख राना सातदिने औपचारिक भ्रमण सकेर असार २४ गते स्वदेश फर्कने कार्यक्रम छ ।