ट्रेण्डिङ

होमपेज / समाज

एसईईको पूरक परीक्षा तालिका सार्वजनिक

नेपालगाथा २०८१ असार १८ गते मंगलबार ११:४१:३८ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पुरक(ग्रेडवृद्धि)को परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म हुने बोर्डले जानकारी गराएको हो ।

सरकारले यो वर्ष २ वा सोभन्दा बढी विषयमा ननग्रेड (एनजी) अर्थात् ११ कक्षा पढ्न असफल भएका विद्यार्थीका लागि पनि पूरक परीक्षामा सहभागी हुने व्यवस्था गरेको छ । 

कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थीमध्ये २ लाख ४२ हजार ३१३ जना विद्यार्थीले कक्षा ११ मा पढ्न नपाउने भएका थिए ।

परीक्षाको आवेदन कार्यालयको वेबसाइट www.see.gov.np बाट डाउनलोड गरी भर्न सकिने बताइएको छ । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुनेछ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top