ट्रेण्डिङ

होमपेज / समाज

प्रतिनिधि सभाको बैठक स्थगित

नेपालगाथा २०८१ असार १७ गते सोमबार १२:०४:१६ मा प्रकाशित

काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आजको बैठकमा सरकारका मन्त्री अनुपस्थित रहेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।

कांग्रेसका सांसद रामकृष्ण यादवले संसद संचालन हुँदा सरकारका कम्तिमा एक मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था रहेको भन्दै आजको बैठकमा सरकारका मन्त्री उपस्थित नरहेको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए ।

त्यसपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्। बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा अर्थ, गृह र शिक्षा मन्त्रीसँग प्रश्न उत्तर कार्यसूची थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top