ट्रेण्डिङ

होमपेज / समाज

नेपालको संसदीय अभ्यास छोटो भए पनि यसले राम्रो उपलब्धि प्राप्त गरेको छ - सभामुख घिमिरे

नेपालगाथा २०८१ असार १६ गते आइतबार १६:४९:३१ मा प्रकाशित

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालको संसदीय अभ्यास छोटो भए पनि यसले राम्रो उपलब्धि प्राप्त गरेको बताउनुभएको छ । संसद् दिवसको अवसरमा आयोजित कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै घिमिरेले छोटो संसदीय अभ्यासले पनि नेपाललाई धेरै कुरा सिकाएको बताउनुभयो ।

जनताको प्रतिनिधि हौँ भन्ने कुरा बुझ्न सकिएन भने संसदीय इतिहासको उपलब्धि गुम्ने घिमिरेको धारणा छ ।  छलफल र बहस गर्न नेपाली राजनीतिक वृत्त निक्कै उत्सुक भए पनि त्यसको प्रभाकारी कार्यान्वयनको विषयमा भने त्यति गम्भीर नभएको उहाँले बताउनुभयो । निर्णय गरेको कुरालाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

‘संसद् केवल कानु बनाउने थलो मात्रै होइन, राष्ट्र निर्माण गर्ने महत्त्वपूर्ण केन्द्र पनि हो’, उहाँले भन्नुभयो ।  संसद्ले कस्तो निर्णय गरेर अघि बढ्छ देश पनि त्यही आधारमा अघि बढ्ने उहाँले बताउनुभयो । कानुनका साथै सरकार प्रमुख बनाउनेदेखि बजेट बनाउनेसम्म भूमिका संसद्कै भएकोले देश निर्माणमा संसद्को महत्त्वपूर्ण भूमिका हुने उहाँले प्रष्ट पार्नुभयो । 

दलीय व्यवस्थामा राजनीतिक दल बलिया हुनुपर्ने घिमिरेले बताउनुभयो । राजनीति अस्थिरताले संसदीय व्यवस्थालाई बलियो नबनाउने घिमिरेको भनाइ छ ।  संसद्लाई बलियो बनाउन सबैले आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा घिमिरेले जोड दिनुभयो । संसद्लाई सुचारु रूपले सञ्चालन गर्न समेत बारम्बार कठिनाइ आउने गरेको उहाँले गुनासो गर्नुभयो । 

उहाँले बजेट माथि लामो छलफल हुने तर त्यसमा कुनै संशोधन नगरी जस्ताको तस्तै पास गर्ने कुराले संसद्को समय र रकम दुवै त्यतिकै खर्च हुने गरेको उहाँले बताउनुभयो । यसलाई सच्याउन प्रयास गरिएको भए पनि त्यो प्रयत्न सफल हुन नसकेको घिमिरेले बताउनुभयो ।स‌ंसद्ले जनताकाे समस्या समाधान गर्ने र अहिलेकाे चुनाैती सामना गर्ने हैसियत राख्नु पर्ने घिमिरेले बताउनुभयाे । याे हैसियत सांसद्हरुले कायम गर्नुपर्नेमा उहाँले जाेड दिनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top