होमपेज / समाज
सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालले प्रायोजित समाचारले देशलाई अन्धकारमा धकेल्ने बताएकी छिन् ।
आइतबार सुर्खेतको वीरेन्द्रनगरमा प्रेस चौतारी नेपाल सुर्खेत शाखाले आयोजना गरेको जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै नगरप्रमुख ढकालले सरकारका गतिविधि जनतासम्म पुर्याउन र सरकारलाई सफल बनाउनका लागि प्रत्रकारको भुमिका महत्त्वपूर्ण रहेकाे बताईन् ।
नगर प्रमुख ढकालले भनिन्, ‘विकासको अर्थ मान्छे र समाजलाई खुसी पार्ने हुनु पर्छ । मान्छे दुःखी भएर विकासको अर्थ रहँदैन ।’ उनले पछिल्लो समय सूचना प्रविधिले मारेको फड्कोलाई गलत तरिकाले उपयोग गर्दै मूल्यहिन, कपोकल्पित र भ्रामक सूचना प्रवाह गर्नबाट पत्रकारहरु बच्न समेत आग्रह गरिन् ।
.jpg)
ढकाललेले गलत कार्यलाई खबरदारी गर्दै नागरिकलाई सत्य, तथ्य सूचना सम्प्रेषण गरेर समाज तथा राष्ट्रका लागि योगदान पुयाउन पत्रकारहरुसँग अपिल गरिन् ।
कार्यक्रममा प्रेस चौतारी सुर्खेतका अध्यक्ष गोविन्द खत्रीले गैरपत्रकारहरुलाई प्रश्रय दिएर वास्तविक श्रमजीवि पत्रकारलाई उपेक्षित गर्दै आईरहेको बताउदै महासंघ भित्रको गन्दकी सफाई गर्न सबै श्रमजीवि पत्रकारकहरु एकजुट हुनु पर्ने बताए ।
यस्तै अध्यक्ष खत्रीले आसन्न नेपाल पत्रकार महासंघको निर्वाचन लक्षित तयारीसँगै श्रमजीवि पत्रकारले भोग्नु परिरहेका समस्याप्रति आफुहरु गम्भिर रहेको बताए ।
.jpg)