ट्रेण्डिङ

होमपेज / समाज

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

नेपालगाथा २०८१ असार १६ गते आइतबार १२:३९:४४ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । दुई नेताबीच सरकार सञ्चालन र टीआरसीबारे छलफल भएको बुझिएको छ ।

शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच ओली निवास बालकोटमा भेटवार्ता भएपछि राजनीतिक वृत तरंगित भएको छ ।

सत्ता समीकरणमा सरकार विस्तार, बजेटलगायतका विषयमा विवाद बढिरहेका बेला देउवा र ओलीको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top