ट्रेण्डिङ

होमपेज / समाज

फणीन्द्र देवकोटा पुन: मन्त्री मन्त्री नियुक्त

नेपालगाथा २०८१ असार १६ गते आइतबार ११:५६:२३ मा प्रकाशित

पोखरा । नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा पुन: मन्त्री नियुक्त भएका छन् ।

देवकोटालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त गरेका हुन् ।

गत जेठ २८ गते माओवादीको निर्णयविपरीत सांसद देवकोटालाई मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिलाएको भोलिपल्टै मन्त्री नियुक्त भएका थिए ।

 माओवादी चुनाव चिह्नबाट विजयी भई माओवादी संसदीय दलकै सदस्य भएर ह्वीप उल्लंघन गरेको भन्दै माओवादीले पदमुक्त गर्ने निर्णय गरेको थियो ।

माओवादीको निर्णयमा सभामुखले पदमुक्त गरेपछि त्यसको विरुद्धमा सर्वोच्चमा रिट लिएर गएका देवकोटालाई प्रदेश सभा सदस्यकै हैसियममा काम गर्न गर्न आदेश भएको थियो ।

उनी शनिबार संसदमा प्रवेश गरेपछि मन्त्री नियुक्त भएका हुन् । देवकोटाले सपथ पनि लिइसकेका छन् ।

देवकोटालाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top