होमपेज / समाज
वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले असार २१ गते विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मुख्यमन्त्री सिंहले २१ गते विश्वासको मत लिने तयारी गरेको जनाएको छ ।
संविधानको धारा १६८ (४)अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र सांसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । त्यसअनुसार मुख्यमन्त्री सिंहले २२ गतेभित्र सदनबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था छ ।
प्रदेश प्रमुख सुमित्रा भण्डारीले २५ जेठमा जनतम पार्टीको तर्फबाट सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । प्रदेश प्रमुखको कार्यालयमा बुहमत सिद्ध गर्दा मुख्यमन्त्री सिंहले आफ्नो पक्षमा ५५ जना सांसदहरूको समर्थन रहेको दाबी पेस गरेका थिए ।
मुख्यमन्त्री सिंहले एमाले, माओवादी, जनमत,एकीकृत समाजवादी, राप्रपा र नेपाल सङ्घीय समाजवादी पार्टीको समर्थनसहित हस्ताक्षर पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएका थिए ।