होमपेज / समाज
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा डा कुन्दन अर्याल नियुक्त हुनुभएको छ ।त्रिविले ४ वर्षका लागि विभागको प्रमुखमा अर्याललाई नियुक्त गरेको हो ।
यसअघिका विभागीय प्रमुख प्रवलराज पोखरेलले अनिवार्य अवकाश पाएपछि अर्याल विभागको प्रमुखमा नियुक्त हुनुभएको हो । प्रदर्शनी मार्गको रत्नराज्य लक्ष्मी क्याम्पसको सानो कोठाबाट सुरूवात भएको विभाग अहिले त्रिवि परिसरमा रहेको आफ्नै क्यामरा हाउसबाट सञ्चालन हुँदै आएको छ ।