ट्रेण्डिङ

होमपेज / समाज

आज जननेता मदन भण्डारीको ७३औं जन्मजयन्ती

नेपालगाथा २०८१ असार १४ गते शुक्रबार ११:०९:०७ मा प्रकाशित

काठमाडौं । आज तत्कालीन नेकपा एमालेका महासचिव ‘जननेता’ मदन भण्डारीको ७३औं जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना मनाइँदैछ ।

मदनजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेशनले विविध कार्यक्रम आयोजना गर्दै आएको छ । भण्डारीको जन्म विसं २००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो ।

तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा निधन भएको थियो ।

विसं २०४९ माघ १४–२० मा सम्पन्न एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा जननेता भण्डारीबाट प्रस्तुत र पारित ‘नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद’ अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रूपमा रहेको छ । 

फाउन्डेसनले जननेता भण्डारीको जन्मजयन्तीको अवसरमा आज राष्ट्रिय सभागृहमा राष्ट्रिय विचार गोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रम राखेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top