ट्रेण्डिङ

होमपेज / समाज

एकीकृत समाजवादीको सचिवालयकाे बैठक सुरु

नेपालगाथा २०८१ असार १३ गते बिहीबार १५:२३:३९ मा प्रकाशित

काठमाडौँ । एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।  बैठकमा १० औँ राष्ट्रिय महाधिवेशनको तयारीमा भइरहेका कामहरूबारे छलफल भइरहेको उपमहासचिव तथा प्रचार विभागले जानकारी दिएकाे छ । 

असार १६ बाट सुरु हुने महाधिवेशनमा प्रस्तुत गरिने ४ प्रतिवेदनमाथि सातै प्रदेशमा छलफल सकिएको छ ।

सबै प्रदेशले सुझाव समावेश गरी केन्द्रमा पठाएका छन् । प्रतिवेदनमाथि तल्ला तहबाट आएका सुझावलाई कसरी समेट्ने भन्नेबारेमा पनि सचिवालयमा छलफल हुने बताइएको छ । 

सुझाव समावेश गरी चारवटै प्रतिवेदनलाई केन्द्रीय सचिवालय बैठकले सर्वसम्मत अनुमोदन गरेपछि एउटै दस्ताबेज बनाएर महाधिवेशनमा पेस गर्ने तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top