होमपेज / समाज
काठमाडौं । चिनियाँ उपविदेशमन्त्री सुन वेइडोङले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् ।
बुधबार राष्ट्रपति भवन शीतल निवासमा उपविदेशमन्त्री वेइतोङले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गरेका हुन् ।
भेटमा दुई पक्षीय हित, सहयोग र सम्बन्धका विविध पक्षमा कुरा भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहि आएको र यसले सधैँ नेपालको विकास प्रयासमा योगदान पुर्याएको बताए ।