ट्रेण्डिङ

होमपेज / समाज

पालिकाको क्षेत्राधिकार भित्र रहेर कर सङ्कलनलाई अभियानकै रूपमा सञ्चालन गरिने छ - नगरप्रमुख ढकाल

नेपालगाथा २०८१ असार १० गते सोमबार १६:०४:३२ मा प्रकाशित

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका नगरप्रमुख मोहनमाया ढकालले पालिकाको क्षेत्राधिकार भित्र रहेर कर सङ्कलनलाई अभियानकै रूपमा सञ्चालन गरिने  बताइकिछिन् ।

आज आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख ढकालले वीरेन्द्रनगरमा  घरजग्गा बहाल करमा कडाइ गर्ने  साथै विभिन्न सेवा शुल्क तथा दस्तुर क्षेत्रलाई फराकिलो पार्दै कर एवम् शुल्क तिरेको अनुभूति हुने गरी कर सङ्कलन कार्यलाई निरन्तरता दिन्छौं उनले ढकालले भनिन्,  घरजग्गा बहाल करलाई कडाइका साथ सङ्कलन गरिने छ ।

नगरप्रमुख ढकालले भनिन्, वीरेन्द्रनगरले उपमहानगरका लागि आवश्यक पर्ने मापदण्ड पुरा गरेकाले उपमहानगरपालिका बनाउने एजेन्डा कर्णाली प्रदेश सरकारमार्फत संघीय सरकारमा जानेछाै  । वीरेन्द्रनगरले उपमहानगरपालिकाका लागि चाहिने आवश्यक मापदण्ड पूरा गरेको छ । अब यो एजेन्डा प्रदेश सरकार मार्फत संघीय सरकारमा गएर पारित हुनेछ, ढकालले भनिन् ।

ढकालले वीरेन्द्रनगरलाई आर्थिक रूपले सम्पन्न, भौतिक रूपले योजनाबद्ध सहरी सुविधायुक्त, लैङ्गिक रूपमा महिला मैत्री, सामाजिक रूपले समावेशी, वातावरणीय रूपले स्वच्छ,  व्यवस्थापकीय रूपले सुव्यवस्थित, शैक्षिक, प्रशासनिक र पर्यटकीय सहरको रूपमा विकास गरिने नीति लिएको बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top