होमपेज / समाज
काठमाडौँ । नेपाल प्रहरीमा जनपद समूहतर्फका डीआईजी पोषराज पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।
आज बिहान बसेको बढुवा समितिको बैठकले पोखरेलाई बढुवा गर्न सिफारिस गरेको हो ।
एआईजी उमेशराज जोशी असार १९ बाट अवकाशमा जाँदैछन् । उनको स्थानमा पोखरेलाई बढुवा सिफारिस गरिएको गृह मन्त्रालय जानकारी दिएकाे छ ।