होमपेज / समाज
काठमाडौं । चीनका उपविदेशमन्त्री सुन वेइडोङ आज नेपाल भ्रमणमा आउँने भएका छन् । काठमाडौँमा हुने नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुन वेइडोङ नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बैठकमा दुई देशबिचको आपसी सहयोग, व्यापार, सीमा व्यवस्थापन तथा दुई देशबिच भएका द्विपक्षीय सम्झौताबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपालले व्यापार, लगानी र पर्यटन प्रवर्द्धन, कनेक्टिभिटी विस्तार, कृषि, शिक्षा, चिनियाँ सहयोगलगायतको विषयमा पनि छलफल हुने जनाइएको छ ।
बैठकको लागि चिनियाँ पक्षबाट उपविदेशमन्त्री सुन वेइडोङ र नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले नेतृत्व गर्दैछन् ।
यस्तै तीन दिने नेपाल भ्रमण सकेर १२ गते स्वदेश फकिनु अघि उपविदेशमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटवार्ता गर्ने छन् ।