ट्रेण्डिङ

होमपेज / समाज

विवादका बीच पटक पटक सरेर असार २२ गते पत्रकार महासंघको निर्वाचन

असार १३ गते उम्मेदवारी मनोनयन 

नेपालगाथा २०८१ असार ८ गते शनिबार १९:२०:३१ मा प्रकाशित

काठमाडौं। नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । सार्वजनिक निर्वाचन कार्यतालिका अनुसार असार ७ गते शुक्रबार राति साढे ८ बजे मतदाता नामावली प्रकाशन हुने, नामावली प्रकाशन भएलगत्तै असार १० गते बिहान १० बजेसम्म मतदाता नामावलीमाथि दाबि विरोध गर्न पाइनेछ भने असार १२ गते अपरान्ह चार बजे मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने रहेको छ ।

असार १२ गते अपरान्ह चार बजे मतदाताको अन्तिम नामावली प्रकाशन

असार १३ गते बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता,

१३ गते साँझ ८ बजे नामावली प्रकाशन,

१३ गते साँझदेखि असार १५ गते बिहान १० बजेसम्म उम्मेदवारमाथी दाबी विरोधको कार्यतालिका

यस्तै, असार १३ गते बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता, १३ गते साँझ ८ बजे नामावली प्रकाशन, १३ गते साँझदेखि असार १५ गते बिहान १० बजेसम्म उम्मेदवारमाथी दाबी विरोधको कार्यतालिका रहेको निर्वाचन समितिका संयोजक प्रा‍‍. चिरञ्जीवी खनालले जानकारी दिनुभयो ।

उम्मेदवारको मनोनयनपत्र फिर्ता लिने कार्यक्रम असार १५ गते बिहान ११ बजेसम्म

उम्मेदवारको अन्तिम नामावली प्रकाशन असार १५ गते दिउसो २ बजे

असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान ​​​​​​​

उनका अनुसार उम्मेदवारको मनोनयनपत्र फिर्ता लिने कार्यक्रम असार १५ गते बिहान ११ बजेसम्म रहेको छ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन असार १५ गते दिउसो २ बजे हुनेछ । असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ भने मतदान सकिए लगत्तै मतगणना कार्य सुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top