ट्रेण्डिङ

होमपेज / समाज

हल्कादेखि मध्यम वर्षाको सम्भावना

पश्चिमी वायु र स्थानीय वायुको प्रभाव न्यून

नेपालगाथा २०८१ असार ८ गते शनिबार १२:२८:२२ मा प्रकाशित

काठमाडौं । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य प्रदेशमा भने अझै पश्चिमी वायु र स्थानीय वायुको प्रभाव न्यून छ । मनसुन र पश्चिमी वायुको प्रभावले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा शनिबार बिहान हल्कादेखि पूर्णतया बदली छ भने बाँङ्की भूभागमा आंशिक बदली छ। कोशी प्रदेशबाट भित्रिएको मनसुन मधेस, बागमती र गण्डकी प्रदेशको अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म फैलिसकेको छ ।

शनिबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने पनि महाशाखाले जनाएको छ।

बेलुका बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही, कोशी र मधेश प्रदेशको थोरै तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top